site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको अलोकतान्त्रिक चरित्र उदांगो भएको छ : बर्तौला
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले सभामुखको बदनाम काम गरेको बताएका छन् । 

शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले हिजोको सदनमा कांग्रेसलाई जानकारी गराएअनुसार नै सभामुख अघि बढेको बताए । “संसदीय दलको बैठक बसेर एकजना कोही मान्यले पत्रकार सम्मेलन गरेर सभामुखमाथि बदनाम गर्ने काम गर्नुभयो । त्यो सर्वथा झुट हो । राजनीतिमा यसप्रकारको बेइमानी गर्न मिल्दैन,” उनले भने । 

गल्ती आफू गरेर सभामुखमाथि दोष थुपार्न नपाइने बर्तौलाको भनाइ छ । “नेपाली कांग्रेसको अलोकतान्त्रिक चरित्र उदांगो भएको छ,” उनले भने, “गलत र एक प्रकारको उदण्डता आफू गर्ने अनि दोष अरुलाई लगाउने यो मिल्छ ?” उनले प्रमुख प्रतिपक्षले शैली बदल्नुपर्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro