site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीति लचिलो बनाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति लचिलो बनाउने घोषणा गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत आन्तरिक आर्थिक गतिविधि एवम् मुद्रास्फीतिको अवस्था र आगामी वर्षको बजेटलाई हेरेर मौद्रिक नीति लचिलो बनाइने राष्ट्र बैंकले जनाएको छ । 

“पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ,” मौद्रिक नीतिको समीक्षामा उल्लेख छ, “आन्तरिक आर्थिक गतिविधि एवम् मुद्रास्फीतिको अवस्था साथै नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेटलाई दृष्टिगत गरी मौद्रिक नीति तर्जुमा गर्दा यथोचित व्यवस्था गरिनेछ ।” 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro