site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कर्जा नोक्सानी व्यवस्थामा हेरफेर
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल भएको कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकहरूले प्रवाह गरेको असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि गर्नुपर्ने व्यवस्थामा संशोधन गरेको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था थियो । तर, अब भने घटाएर १.२० प्रतिशत कायम गर्दा हुने व्यवस्था गरिएको छ ।

“बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ” मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu