site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार निजी क्षेत्रको प्रवर्द्धनको पक्षमा छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड गरिएको बताए ।

उनले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हरसम्भव प्रयास गर्ने जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले तेस्रो लगानी सम्मेलनबाट लगानी भित्र्याउनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको दाबी गरे । उनले लगानी प्रवर्द्धनमा बाधक देखिएका ऐनहरू अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको जिकिर गरे । सरकार निजी क्षेत्रको प्रवर्द्धनको पक्षमा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

“लगानी र निर्माण गर्ने वातावरण महत्वपूर्ण हुन्छ । भर्खरै हामीले तेस्रो लगानी सम्मेलन सम्पन्न गरेका छौँ । यसले पनि लगानी भित्र्याउनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको छ । लगानी प्रवर्द्धनमा बाधक देखिएका ऐनहरू अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको छ । सरकारले देशभित्र र देश बाहिरबाट लगानीमैत्री वातावरण बनउने र लगानी आकर्षित गर्न नै मैले जोड नै गरेर आठवटा ऐन एकैपटक संशोधन गरेको हो,” उनले भने, “अब हाम्रो ध्यान नीति तथा कार्यक्रमअनुरूपको बजेट निर्माणमा केन्द्रित छ । सरकारको तर्फबाट म भन्न चाहन्छु ढुक्क भएर ऊर्जामा लगानी गर्नुस् । तपाईंहरूको लागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हरसम्भव प्रयास गर्नेछ ।”

प्रधानमन्त्री प्रचण्डले विद्युत् निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासको लागि कोशेढुंगा हुने बताए । उनले नेपाल विद्युत् आयात गर्ने मुलुकबाट विद्युत् निर्यात गर्ने मुलुकमा रुपान्तरित भएको दाबी गरे । स्वदेशभित्रै विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको प्रधानमन्त्रीको भनाइ छ । उनका अनुसार पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गरी विद्युत्‌काे खपत बढाउँदै जाने सरकारको योजना छ । न्युज एजेन्सी नेपाल
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu