site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिग चरणमा एपीएफको शतप्रतिशत नतिजा 

काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनसिपमा विभागीय टोली एपीएफ क्लबले लिग चरणका सबै खेलमा जित निकालेको छ ।

बिहीबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशविरुद्ध तीन विकेटको जित निकालेको हो । 

Dabur Nepal
NIC Asia

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको ११२ रनको लक्ष्य एपीएफले १९.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

जितसँगै चार खेलबाट आठ अंक जोडेको एपीएफ अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो । तीन खेलबाट चार अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । सुदूरपश्चिमले शुक्रबार वाग्मती प्रदेशविरुद्ध लिग चरणको अन्तिम खेल खेल्नेछ ।

आजै भएको दोस्रो खेलमा कोसी प्रदेशले ललितपुर मेयर्स–११ विरुद्ध ६ विकेटको जित निकालेको छ ।

प्रतियोगितामा सहभागी पाँच टिममध्ये शीर्ष दुई टिमले उपाधिका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro