site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले भन्यो– सभामुखले नै सदनमा मुठभेड निम्त्याएर आफ्नो भूमिकामा चुक्नुभयो 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले सदनमा मुठमेड निम्त्याएर आफ्नो भूमिकामा चुकेको ठहर गरेको छ । संसद्को बैठकमै सत्तापक्ष र प्रतिपक्षीबीच मुठभेडको अवस्था निम्त्याउन सभामुख जबर्जस्ती कारण बनेको बताएको छ । 

सदनको बैठक सकिएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभामुखले पूर्वदलको रुझान त्याग्न नसकेको आरोप लगाए । “आज सदनमा जे दृश्य देखियो । सभामुखले सदनको जुन भूमिका निर्वाह गर्नुभयो, त्यसमा सर्वथा चुक्नुभएको हाम्रो ठहर छ,” महामन्त्री थापाले भने, “सदनमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्दैन । त्यस्तो अवस्थामा पुरानो दलको रुझानबाट मुक्त संसद्को अभिभावकका रूपमा सभामुखको भूमिका अपेक्षित हुन्छ । तर सभामुख आफ्नो भूमिकामा चुक्नुभएको हाम्रो ठहर हो ।” 

उनले संसद्को वेलमा पुगिसेकेको र विरोध गरिरहेको अवस्थामा सत्तापक्षका तीन दलका बैठकबाट जे निर्देशन आएको थियो त्यही रूपमा सभामुखले बैठक सञ्चालन गरेको आरोप लगाए । “हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले जे हुंकार गर्नुभयो । सभामुखले बैठक त्यही रूपमा सञ्चालन गर्नुभयो,” थापाले भने, “यो सम्पूर्ण जिम्मेवारी सभामुखको हो, उहाँ त्यसमा चुक्नुभएको छ । सत्तापक्षले पनि मुठभेडमा लैजाने स्थिति सृजना भयो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro