site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वप्रधानमन्त्रीलाई झम्टिने, यो असंसदीय घटना हो : रघुजी पन्त 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिपक्ष नेपाली कांग्रेसले आक्रमण गर्न खोजेको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ठाउँमा उठेर गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्छ भन्दा झम्टिएको आरोप लगाए । 

“यो असंसदीय घटना हो । सत्तापक्षका एकजना पूर्वप्रधानमन्त्री एउटा ठूलो पार्टीको दलका नेताले उठेर बोल्न पाउनुपर्छ भन्दा मन्त्री भइसकेका प्रतिपक्षका सांसदहरू झम्टेर जाने हो ?,” उनले संसद् बैठकपछि सञ्चारकर्मीसँग प्रश्न गरे । 

पन्तले कांग्रेसका सांसदहरूले आक्रमण गरेको भन्दै आपत्ति जनाए । उनले अध्यक्षलाई हातपात गर्न खोजेपछि जोगाउन अरु सांसद गएको समेत बताए । “को भिड्न गयो ? अनि हातपात गर्न लागेपछि आफ्ना अध्यक्षलाई जोगाउन जाँदैनन्,” उनले प्रश्न गरे । 

उनले आफूमाथि लागेको आरोपबारे जवाफ दिने अधिकार गृहमन्त्रीसँग रहेको बताए । “दमनजी सभामुख हुँदा सरकार सत्तापक्षको, संसद् प्रतिपक्षको भन्नुहुन्थ्यो,” उनले भने, “ आरोप लागेपछि जवाफ दिने सार्वभौम अधिकार हो ।” 

घटना विशेष समिति बनेको आफूलाई जानकारी समेत नभएको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro