अर्थ व्यवसाय
काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल दुई वर्ष थप गरिएको छ ।
बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले ढुंगानालाई असार १७ गतेदेखि लागु हुनेगरी पुनः सीईओमा नियुक्त गरेको हो ।
२०७९ असार १७ गतेदेखि लागु हुनेगरी ढुंगाना दुई वर्षका लागि सीईओमा नियुक्त भएका थिए । उनले यसअघि नबिल बैंकसँग मर्जर भएको नेपाल बंगलादेश बैंकको सीईओ भएर काम गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ १६:३७
प्रतिक्रिया दिनुहोस्