site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘१० वर्षमा २८ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्छ’
फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा दुई हजार ८०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले नेपालको जलविद्युत् उत्पादनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै १० वर्षमा दुई हजार ८०० विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

जलविद्युत् व्यवसायीहरूका मागप्रति प्राधिकरण सकारात्मक रहेको उनको भनाइ छ । निजी क्षेत्रका जस्तै समस्या प्राधिकरणले समेत भोगी रहेको भन्दै प्राधिकरणलाई पनि सुधार गर्दै लैजान आवश्यक रहेको बताए । घिसिङले प्राधिकरण पीपीए खोल्नेदेखि लिएर पीपीए भएका आयोजनाहरू निर्माण समयमा सम्पन्न सहजिकरण गर्ने विषयमा सकारात्मक रहेको बताए । 

प्राधिकरणले अहिलेसम्म १० हजारसम्मको पीपीए गरेर तीन हजार ५०० को प्रोजेक्ट आइसकेको र सो प्रोजेक्ट निर्माणको चरणमा रहेको बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro