site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण, चार अर्ब २३ करोडको सेयर कारोबार
Tiktok banner adTiktok banner ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । यस दिन बजार ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा बन्द भएको हो ।

बिहीबार कारोबार रकम बढेको छ । बिहीबार चार अर्ब २३ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार तीन अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन लघुवित्त कम्पनीमा सेयर कारोबारीहरू आकर्षित भएका छन् । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये लघुवित्त र ‘अन्य’ समूहको परिसूचक वृद्धि भएको छ । लघुवित्त समूहको परिसूचक ३.८० प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त सृजना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, ‘अन्य’ समूहको परिसूचक ०.२२ प्रतिशतले वृद्धि भएको छ । बिहीबार फाइनान्स समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक १.४५ प्रतिशतले घटेको छ ।

बिहीबार १०३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १३९ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro