site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तामा बस्नेहरूले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्ष रहेको कांग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेहरूले कांग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताए । सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने उनको भनाइ छ । 

कांग्रेसले भइरहेका अनियमितताविरुद्धमा आवाज उठाइरहेको भन्दै उनले अनियमितताबिरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गरिरहेको आरोप लगाए । 

Dabur Nepal
NIC Asia

“विपक्षमा बसेर कांग्रेसले प्रश्न गर्‍यो, सत्तामा बसेर सत्तारुढ दलहरूले कांग्रेसलाई प्रश्न गरिरहेका छन् । सत्तामा बस्ने त उत्तर दिनका लागि हो, कामबाट उत्तर दिने उद्देश्यका लागि सत्तामा बस्ने हो । तर, सत्तामा बसेर विपक्षीमा भएको कांग्रेसलाई प्रश्न गरिरहेका छन् । काँग्रेसको काम प्रश्न गर्ने हो, हामीले प्रश्न गर्‍यौँ । सत्ताको काम उत्तर दिने हो, उनीहरूको प्रश्न गर्ने होइन । उत्तर दिन सकेनन्, उनीहरुले जुन ढंगबाट अनियमितता गरेका छन्, जुन अनियमित ढंगबाट उत्तर दिन उनीहरुले सकेनन्, त्यसपछि बलजफ्ती गर्न खोजिरहेका छन्,” उनले भने । 

सांसद पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अदालतले गरेको निर्णयविरुद्धमा आफू अदालतभन्दा पनि माथि रहेझैँ आलोचना गरिरहेको आरोप लगाए । 

“अदालतले गरेको निर्णयमा धम्की दिन थालिएको छ । मेराविरुद्ध अदालतले निर्णय गर्न पाउँछ, म अदालतभन्दा धेरै माथि हुँ । मलाई अदालतले प्रश्न गर्ने, को हो त्यो न्यायाधीश, कुन हो त्यो अदालत ? त्यस्तो ढंगबाट धम्की आइरहेको छ । यो स्वभाविक हुन सक्दैन, लोकतन्त्रमाथिको जोखिम हो । कुनै व्यक्तिको लहडको कारणले नेपालको लोकतन्त्र समाप्त हुने बाटोतिर जान दिनुहुँदैन,” सांसद पौडेलले भने । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro