site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली ‘डाक्टर’ पक्राउ
प्रतीकात्मक तस्बिर ।

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली ‘डाक्टर’लाई पक्राउ गरेको छ । डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा प्रहरीले एक नक्कली ‘डाक्टर’सहित दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, नक्कली ‘डाक्टर’ महाकाली नगरपालिका–४, दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो । उनीहरूका कागजपत्र हेर्दा शंका लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौंमा पठाउँदा डाक्टर भनिएका क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएकाले बुधबार दुवैजनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवैजनाविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेको उनीहरूमाथि आरोप छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro