site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्माण व्यवसायीको गुनासो : चार वटा पत्र पठाउँदा पनि अर्थमन्त्रीलाई भेट्न पाएनौँ
SkywellSkywell

काठमाडौं । निर्माण क्षेत्र चलायमान नहुँदा अर्थतन्त्र नै शिथिल अवस्थामा छ । कारोबार र बजारको चलायमानलाई हेर्दा अर्थतन्त्रको ठूलो क्षेत्र ओगटेको निर्माण क्षेत्र चलायमान नहुँदा अर्थतन्त्रमा समस्या उत्पन्न भएको कतिपयको भनाइ छ । सरकारबाट निर्माण व्यवसायीले पाउनुपर्ने रकम नपाएपछि झनै समस्या परेको पनि बताइएको छ ।

यसअघि नेपाली कांग्रेसको तर्फबाट अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतले निर्माण क्षेत्रको समस्या समाधान गर्न नचाहेको भन्दै आलोचना समेत खेप्नु परेको थियो । तर, अहिलेका अर्थमन्त्री वर्षमान पुनले पनि निर्माण व्यवसायीलाई समय नदिएको गुनासो नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गरेका छन् । उनका अनुसार अर्थमन्त्रीलाई भेट्न चार वटा पत्र पठाउँदा समेत मन्त्री पुनले भेट गर्ने समय दिएनन् ।

KFC Island Ad
NIC Asia

उनले नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटसम्बन्धी छलफल कार्यक्रममा यस्तो गुनासो गरेका हुन् । “चार वटा पत्र पठाउँदा पनि हामीले तपाईंहरूलाई भेट्न पाउँदैनौँ र हामीले सुझाव दिन पाउँदैनौँ भने कसरी निर्माण उद्योगीहरूको समस्याको समाधान हुन्छ ? कसरी बजार चलायमान हुन्छ ?,” अध्यक्ष सिंहले भने, “निर्माण व्यवसायीलाई तपाईंले समय दिनुपर्छ र यसको समाधान गर्नुपर्छ ।”

निर्माण क्षेत्रले वार्षिक आठ खर्बको कारोबार गर्ने पनि उनले बताए । तर, अहिले चलायमान नहुँदा बैंकबाट लिएको तीन खर्ब ४२ अर्ब लोनको किस्ता तिर्न समस्या परेको उनको भनाइ छ । निर्माण उद्योगले २५ लाखलाई रोजगारी दिने उनले बताए । निर्माण क्षेत्रलाई भुक्तानी गर्न बाँकी रकम ‘बण्ड’ जारी गरेर भए पनि निर्माण व्यवसायीको भुक्तानी गर्नुपर्ने उनको माग छ ।

आगामी वर्ष निर्माण क्षेत्रलाई चलायमान गर्नेखालको बजेट आउनुपर्ने पनि उनले बताए । स्रोत सुनिश्चित नभएका आयोजनाहरू खारेज गरेर आवश्यकता अनुसारका आयोजनालाई प्राथमिकता दिनुपर्ने उनले बताए । म्याद थप गरिएका योजनाहरू सम्पन्न गर्न पनि पहल गर्नुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro