site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगनलाई ओलीको जवाफ : घरबाट ल्याएको समयमा बोल्ने ? 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दल नेपाली कांग्रेसले कसैको इज्जत गर्न नजानेको र गालीगलोजमा उत्रिएको आरोप लगाएका छन् । 

बुधबार संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले नेपाली कांग्रेसका महामन्त्रीलक्षित टिप्पणी गरे । सदनमा बोल्दा कांग्रेस महामन्त्री गगनकुमार थापाले सभामुख देवराज घिमिरेलाई निगाहको समय चाहिँदैन भनि गरेको टिप्पणीमा अध्यक्ष ओलीले कटाक्ष गरेका हुन् । 

“के भनेको त्यो ? तपाईंले दिएको निगाहको समय चाहिँदैन । अनि सभामुखले दिएको समयमा नबोलेर घरबाटै ल्याएको समयमा बोल्ने ? आफ्नो स्वेच्छातारिता हुन्छ संसद्‌मा ?,” ओलीको आक्रोश छ । 

कांग्रेसको महामन्त्री जस्तो पद सम्हालेर बसेको मान्छेले के बोलेको भन्ने प्रश्न ओलीको थियो । कांग्रेसको कार्यकर्ता नभए कुनै पनि पद र ओहोदामा बसेका मान्छेलाई सम्मान गर्नु नपर्ने हो भन्ने ओलीले जिज्ञासा राखे । उनले कांग्रेसको अधिनायकवादी चरित्र प्रकट भएको भन्दै एमाले लत्रिनुपर्ने केही कारण नभएको भन्दै सांसदहरूलाई स्पष्ट पारे ।

Global Ime bank

“यो देश कांग्रेसको एकलौटी हो ? अरु यो देशमा जन्मिनु गल्ती हो ?,” उनले भने, “अरुले सरकार बनाउन नपाउने ? उसले प्रधानमन्त्री बाँड्दै हिँड्दा हुने हामीले मन्त्री बाड्न नहुने ?” संसद्‌मा भोलिदेखि बहस गर्न पाउनुपर्छ भन्दै उनले भने, “अरू कुरै छैन ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu