site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एमाले र माओवादीको समर्थन फिर्ता हुँदैमा मधेसको सरकार ढल्दैन’ 

काठमाडौं । संघीय सत्ता गठबन्धनबाट बाहिरिएको जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले र माअ‍ोवादीले समर्थन फिर्ता लिँदैमा मधेसको सरकार नढल्ने बताएका छन् । संघीय सरकारको उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट राजीनामा दिएपछि अध्यक्ष यादवले संघीय सत्ता गठबन्धनसँग सहकार्य गर्ने अवस्था नभएको बताए । 

आइतबार नै मधेस प्रदेशमा एमाले र माअ‍ोवादीले जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । यादवले उनीहरूले समर्थन फिर्ता लिए पनि मधेसको सरकार नढल्ने बताएका हुन् । 

“मधेसमा एमाले र माओवादीले समर्थन फिर्ता लिँदैमा सरकार ढल्दैन । अहिलेकै नेतृत्वमा सरकार निरन्तर हुन्छ,” अध्यक्ष यादवले बाह्रखरीसँग भने, “उहाँहरू बाहिरिनुभयो त, उहाँहरूसँग बहुमत छैन । बहुमत हामीसँग नै रहन्छ ।” 

मधेस प्रदेशमा सरकारलाई दिएको समर्थन पटक–पटक फिर्ता भए पनि संघीयता कार्यान्वयन भएदेखि अहिलेसम्म जसपा नेतृत्वको सरकार निरन्तर छ । अहिले मधेस प्रदेशमा जसपा तेस्रो दल हो । एमालेसँग २५, कांग्रेससँग २२ सदस्य रहँदा जसपासँग १९ सदस्य मधेस प्रदेशमा छन् । तर, यादवले संघीय सत्ता गठबन्धनसँगको सहकार्यका कारण मधेसमा यसपटक पनि नेतृत्व आफ्नो पार्टीलाई दिलाउन सफल भएका थिए । 

यसअघि कांग्रेससहितको समर्थनमा मुख्यमन्त्री बनेका जसपाका सरोज यादव कांग्रेसले समर्थन फिर्ता लिएपछि एमाले–माओवादी समर्थनमा मुख्यमन्त्री निरन्तर भएका थिए । अहिले दुई दलले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको छ । एक महिनाभित्र विश्वासको मत लिने सुविधा उनलाई छ । त्यसकै आधारमा केन्द्रीय समितिका अध्यक्ष यादवले मधेसमा आफ्नै पार्टीको सरकार निरन्तर हुने दाबी गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro