site stats
बाह्रखरी :: Baahrakhari
देश
सफ्टवेयर र उपकरण किन्दा पौने ४१ करोड ‘भ्रष्टाचार’, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सुरक्षण मुद्रणका निम्ति सफ्टवेयर र उपकरण खरिद गर्दा ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरू प्रत्येकसँग ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ बिगो दाबी गरिएको छ । अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेसनल तथा उक्त कम्पनीका सीईओ अकबर हुसेन छन् ।

Argakhachi Cement Island Ad

अनुसन्धान गरिँदा उनीहरूले सुरक्षण मुद्रणका लागि सफ्टवेयर र उपकरण खरिद गर्दा आर्थिक अनियमितता गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार गरेको रकम सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले सिंगापुरमा रहेको आफ्नो एकल बैंक खाता र श्रीमतीको अमेरिकामा रहेको संयुक्त बैंक खातामा जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ ।

आरोपपत्र पढ्नोस्–

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्