site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पहिलोपटक सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको दुई महिनामै मृत्यु

बोस्टन । अनुवांशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो बिरामीको करिब दुई महिनाछि मृत्यु भएको छ । ६२ वर्षका रिचार्ड रिक स्लेम्यानलाई गएको मार्च महिनामा अमेरिकाको म्यासाचुसेट्स जनरल हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । सर्जनले त्यतिबेला सुँगुरको मिर्गौलाले कम्तिमा दुई वर्षसम्म काम गर्ने दाबी गरेका थिए ।

तर, उनको मृत्यु भएका कारण म्यासाचुसेट्स हस्पिटलको मिर्गौला प्रत्यारोपण टोलीले एक वक्तव्य जारी गरी स्लेम्यानको निधनको खबरले गहिरो दुःख लागेको जनाएको छ । टोलीले परिवारका सदस्यलाई समवेदना समेत व्यक्त गरेको छ । उनको मृत्यु प्रत्यारोपणका कारण नै भएको भन्नेबारेमा आफूहरूले कुनै संकेत नपाएको समेत जनाएका छन् ।

उनलाई मिर्गौला प्रत्यारोपणपछि अप्रिल २ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो । उनलाई प्रत्यारोपण गरिएको मिर्गौला क्याम्ब्रिजमा रहेको फार्मास्युटिकल कम्पनी इजेनेसिसले उपलब्ध गराएको थियो । स्लेम्यानको पहिलोपटक सन २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएकोमा त्यो असफल भएको संकेत पाएपछि डायलसिस गर्नु परेको थियो । जब डायलसिसमा पनि जटिलता आयो त्यसपछि चिकित्सकले सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका थिए ।

मृतकको परिवारले शनिबार एक वक्तव्य जारी गरी उनको मिर्गौला प्रत्यारोपणमा सघाउने चिकित्सक टोलीलाई धन्यवाद दिएको छ । यसअघि सुँगुरको मिर्गाैला ‘ब्रेन डेथ’ व्यक्तिमा परीक्षणका लागि प्रत्यारोपण गरिएको थियो भने दुई मानिसलाई सुँगुरको मुटु प्रत्यारोपण गरिएकोमा दुवैको केही महिनाभित्रै मृत्यु भएको थियो । द गार्जियन

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro