राजनीति
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ठूला राजनीतिक दलहरूले राजनीतिक हस्तक्षेप नरोके त्रिभुवन विश्ववविद्यालयमा सुधार नहुने बताएकी छिन् ।
आइतबार संसद्को शिक्षा स्वास्थ तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री श्रेष्ठले त्रिविको शैक्षिक क्यालेन्डर लागु गर्न दलका भ्रातृ संगठनहरूको अवरोध रहेको जानकारी दिइन् ।
भ्रातृ संगठनका विद्यार्थी र शिक्षक, कर्मचारी संगठनको डरका कारण उपकुलपतिलाई पीएसओ राख्नुपर्ने अवस्था आएको मन्त्री श्रेष्ठको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ १२:४८
प्रतिक्रिया दिनुहोस्