राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।
सयको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका थिए ।
सो राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
“राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ ११:११
प्रतिक्रिया दिनुहोस्