site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा आफ्ना धारणा प्रस्तुत गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले सरकारको तर्फबाट संसद्‌मा पेस गर्ने विधेयकहरू निर्क्योल गरी अधिवेशन प्रारम्भ हुनु अगावै संसद्‌मा दर्ता गर्ने हो भने अधिवेशन अवधिभरको कार्यतालिकालाई मूर्त रुप प्रदान गर्न सहज हुने बताए ।

उनले सभाका गतिविधिहरूलाई थप व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन सम्भव हुने जिकिर गरे । सभाको १५औँ अधिवेशन अवधिमा दुवै सभाबाट तीन वटा विधेयक पारित भएको र त्यसमध्ये दुई वटा विधेयक राष्ट्रियसभामा नै उत्पत्ति भएका विधेयक रहेको जानकारी दिए ।

सभामा दर्ता भएका हालसम्मका ५९ विधेयकमध्ये ३० वटा विधेयक प्रमाणीकरण भइसकेको पनि उनले जानकारी दिए । दुई वटा विधेयक सभाअन्तर्गत विचाराधीन रहेका छन् भने १० वटा विधेयक राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको बताए ।

उनले भने, "अबका दिनमा सम्भव भएसम्म अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्नु आवश्यक छ । सरकारको तर्फबाट संसद्‌मा पेस गर्ने विधेयकहरू निक्र्यौल गरी अधिवेशन प्रारम्भ हुनु अगावै संसद्‌मा दर्ता गर्ने हो भने अधिवेशन अवधिभरको कार्यतालिकालाई मूर्त रुप प्रदान गर्न सहज हुने देखिन्छ । यसबाट सभाका गतिविधिहरूलाई थप व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन सम्भव हुन्छ ।"

उनले विचाराधीन रहेका १० वटा विधेयक यसै अधिवेशन अवधिमा प्रमाणीकरण हुने आशा व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro