site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसलाई ओलीले भने– हाम्रो मन भतभती पोल्दैन, माधव नेपाललाई प्रधानमन्त्री बनाए हुन्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदा आपत्ति नहुने बताएका छन् । उनले शुक्रबारको संसदीय दलको बैठकमा नेपालको नाम नलिइ कोही प्रधानमन्त्री हुँदा आफ्नो मन भतभत नपोल्ने बताए ।

“हाम्रो मन त्यस्तो भतभत पोल्दैन । हामी रियालिटीलाई सहज ढंगले स्वीकार्छौं,” ओलीले भने, “नेपाली कांग्रेसले त्यस्ता महानुभावलाई प्रधानमन्त्री बनाएर काँधमा हैन टाउकोमा चढाएर बोक्छ भने पनि हामीलाई आपत्ति छैन । बोके हुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले केही अघिको कार्यक्रममा आफू प्रधानमन्त्री बन्न लागेकोमा कसैको मन पोलेको भन्दै कटाक्ष गरेका थिए । ओलीले कहाँबाट प्रधानमन्त्री बन्न आँटेको भनि प्रश्न गरे । “...यही बीचमा ती पार्टीका नेताहरूले म प्रधानमन्त्री हुनै आँटे भनेर कसैको मन भतभती पोलेको छ भन्ने । कहाँ प्रधानमन्त्री हुन आँटे ? कसरी प्रधानमन्त्री हुन आँटे ?,” ओलीले प्रश्न गरे ।

ओलीले सत्ता समीकरण ढाल्न लागेको जनता समाजवादी पार्टी नेपाल विभाजन पक्षले भन्ने गरेको उल्लेख समेत गरे ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय