site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसलाई ओलीको प्रश्न– रविले डेढ वर्ष प्रधानमन्त्री बन्ने सम्झौता नगरेपछि फाइल बोकेर कुद्‌ने ? 

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानका विषयमा संसदीय छानबिन समिति माग गरेर प्रतिशोध साँधेको आरोप लगाएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकमा उनले सरकारले कदम चालेर समस्याको समाधान गर्नुपर्ने बताए । “सरकारले अब कदम चाल्नुपर्छ । अब सरकारले कदम चालेर समस्या समाधान गर्नुपर्नेछ,” ओलीले भने । 

उनले अहिले कांग्रेसले राजीनामा माग नगरेको भन्दै संसदीय छानिबन समिति बनेपछि राजीनामा माग गर्न थाल्ने बताए । “हामीले रविजीको राजीनामा मागेको छैन भन्नुहुन्छ ।  केही नहुँदा समिति बनाउने अनि समिति बनेपछि तत्काल राजीनामाको खेल सुरू गर्नुहुन्छ,” उनले भने, “समिति बनाएपछि स्वार्थ बाझिन्छ झण्डा हल्लाएर हिँड्न मिल्छ ? भन्ने खेल सुरु हुन्छ ।” 

कांग्रेसको प्रधानमन्त्री बनाउने प्रस्ताव रविले अस्वीकार गरेपछि विभिन्न रिसर्च गरेर आरोप लगाएको ओलीको भनाइ छ । “एकातिर डेढ वर्ष प्रधानमन्त्री भइदिनुस्, यो समीकरण छोड्नुस् । यो गठबन्धनमा आउनुस् डेढ वर्ष प्रधानमन्त्री खानुहोस् भन्न जाने,” उनले भने, “त्यो हुन्न भनेर सम्झौतामा सहमति नगरेपछि विभिन्न फाइल बोकेर रिसर्च गरेर कुद्ने । नेपाली कांग्रेसको यो तरिका फेयर छैन ।”
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro