देश
काठमाडौं । काभ्रेको पाँचखालस्थित फेदि र जिरोकिलो बीचको वनको एक रुखमा बाँधेर जलाइएको एक पुरुषको शव फेला परेको छ । शव पूर्णरुपमा जलेकाले पहिचान हुन सकेको छैन् । शव फेला परेका पुरुषलाई एक हप्ताअघि नै जलाइएको आशंका गरिएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । शवलाई डीएनए परिक्षणका लागि पठाउनेबारे प्रहरीले तयारी गरेको छ । उनलाई बाँधेर जलाएर हत्या गरेको आशंका प्रहरीको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ १२:०२
प्रतिक्रिया दिनुहोस्