site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ल्युब आयलको सेयर मूल्यभन्दा ‘बुक भ्यालु’ ३९२ ले बढी, तर दोस्रो बजारमा छैन कारोबार
Tiktok banner adTiktok banner ad

काठमाडौं । सेयर बजारको ‘फन्डामेन्टल’ दृष्टिबाट हेर्दा अब्बल कम्पनी हो, नेपाल ल्युब आयल । यो कम्पनीको ‘बुक भ्यालु’ ६४६ रुपैयाँ छ । यसको अर्थ केही कारणवश यो कम्पनी तलमाथि भयो वा बन्द हुने स्थितिमा पुगे सेयरधनीले बुक भ्यालुमा उल्लेख भएअनुसार पैसा फिर्ता पाउँछन् भन्ने हो ।

तर, यो कम्पनीको प्रतिसेयर मूल्य बुक भ्यालुभन्दा ३९२ रुपैयाँ ६० पैसा बढी छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो चैमाससम्मको वित्तीय विवरणानुसार यो कम्पनीको बुक भ्यालु ६४६ रुपैयाँ छ ।

तैपनि, दोस्रो बजारमा यो कम्पनीको सेयर खरिद–बिक्री छैन । कम्पनीको चुक्तापुँजी कम छ । यो कम्पनीको चुक्तापुँजी ६ करोड ६ लाख ४३ हजार ७०० रुपैयाँ छ ।

दोस्रो बजारमा सूचीकृत भए पनि कसैले यो कम्पनीको सेयर बेच्न चाहँदैनन् । यो कम्पनीमा सर्वसाधारण सेयरधनी कम भएकाले पनि दोस्रो बजारमा बिक्री गर्ने नभएको हुन सक्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीको अनुमान छ । उनका अनुसार, अहिले पनि बजारमा यो कम्पनीको सेयर खरिद गर्ने लाइनमा हुन्छन् । तर, बिक्री गर्ने कोही नहुँदा वर्षाैँदेखि कम्पनीको सेयर मूल्य स्थिर छ ।

“राम्रो कम्पनी भनेर मात्र हुँदैन । कुनैकुनै कम्पनी यस्ता हुन्छन्, जुन दोस्रो बजारमा कारोबार नै हुँदैनन्,” पराजुलीले बाह्रखरीसित भने, “कतिपय कम्पनीले राम्रो प्रतिफल दिने र त्यो कम्पनीमा सर्वसाधारण लगानीकर्ता कम हुने हुँदा पनि सेयर खरिद–बिक्री हुँदैन । नेपाल ल्युब आयलको पनि त्यही भएको हो ।”

यो कम्पनीले प्रत्येक वर्षजसो लगानीकर्तालाई प्रतिफल दिँदै आएको छ । कम्पनीले १० वर्षदेखि लगानीकर्तालाई निराश बनाएको छैन । यो कम्पनीले गत वर्ष पाँच प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर दिएको थियो ।

अघिल्लो वर्ष पनि सोही प्रतिशतमा लाभांंश दिएको थियो । कम्पनीले सुरुको वर्ष ४० प्रतिशत लाभांश दिएको थियो । त्यसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म यो कम्पनीले एक करोड ६१ लाख पाँच हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म कम्पनी ४१ लाख नौ हजार रुपैयाँ नोक्सानीमा थियो ।

यो वर्ष कम्पनीको कारोबारमा उत्साहप्रद वृद्धि भएको व्यवस्थापकीय विश्लेषण छ । आउँदा दिनमा पनि आफ्ना उत्पादनको बिक्री बढाउने र सेयरधनीलाई उचित प्रतिफल दिने कम्पनीको लक्ष्य छ । यो कम्पनीले लुब्रिकेन्टको उत्पादन तथा बिक्री गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro