site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफूलाई मुख्यमन्त्रीको पीए बताएर हवाई टिकट काट्न लगाए, पैसा नतिरेपछि पक्राउ परे

पोखरा । आफूलाई मुख्यमन्त्रीको सहयोगी (पीए) बताएर ठगी गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३१ का २८ वर्षीय सुवास सुवेदी रहेका छन् ।

प्रहरीका अनुसार उनले गत वैशाख २० गते लेकसाइडमा रहेको एके टुर्स एन्ड ट्राभल्समा फोन गरेका थिए । फोनमा उनले आफूलाई मुख्यमन्त्रीको पीए रहेको परिचय दिएका थिए ।

त्यसपछि उक्त ट्राभल्सलाई पोखरादेखि काठमाडौं र काठमाडौंदेखि नेपालगञ्जको हवाई टिकट बुक गर्न लगाए । ट्राभल्सले टिकट बुक गरिदियो । सुवेदीले पैसा क्यूआरमार्फत भुक्तानी गर्ने बताए । कम्पनीले क्यूआर पनि पठायो ।

तर, टिकट काटिसकेपछि उनले टिकटको रकम भुक्तानी गरेनन् ।

रकम नपाएपछि ट्राभल्सले ठगी आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी वसन्त शर्माले जानकारी दिए । सुवेदीमाथि अन्य दुईवटा ठगी मुद्दामा समेत किटानी जाहेरी परेको छ ।

उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro