site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छात्रवृत्तिमा बंगलादेशमा पढ्न सिफारिसको नाम हटाइयो, फर्जी सार्वजनिक
पीडित विद्यार्थी ।

काठमाडौं । सरकारी छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनमा जान लागेका १० विद्यार्थीको नाम हटाइएको छ । उनीहरूका स्थानमा फर्जी नाम सार्वजनिक गरिएको पाइएको छ ।

बंगलादेशको डिरेक्टोरेट जेनेरल अफ मेडिकल एजुकेसन (डीजीएमई)ले गएको अप्रिल ३० मा सार्वजनिक गरेको छात्रवृत्तिका विद्यार्थीको सूचीमा नेपालको शिक्षा मन्त्रालयले सिफारिस गरेका मध्येबाट १० जनाको नाम फरक परेको देखिएको छ ।

Dabur Nepal
NIC Asia

मन्त्रालयले एमबीबीएसमा १९ र बीडीएसमा तीन गरी २२ जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये १० जनाको नाम नभेटिएको र उनीहरूका ठाउँमा केही नयाँ नाम सार्वजनिक गरिएको विद्यार्थीहरूको भनाइ छ ।

पीडित विद्यार्थीको उजुरी परेपछि शिक्षामन्त्री सुमना श्रेष्ठले यसबारे छानबिन भइरहेको जवाफ दिएकी छिन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएकी हुन् ।

“चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयले पठाएको सूची एउटै छ, जसमा यी १० विद्यार्थीको नाम उल्लेख छ,” उनले भनिन्, “परराष्ट्रले पनि यही नाम हामीलाई दिएको छ ।”

कूटनीतिक प्रक्रिया भएकाले परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाइएको र बंगलादेश सरकारका तर्फबाट के त्रुटि भएको भन्नेबारे खोज्ने काम पनि परराष्ट्रकै भएको मन्त्री श्रेष्ठको भनाइ छ ।

पीडित विद्यार्थी र अभिभावकले मन्त्रालयहरूले आफ्नो जिम्मेवारी पूरा नगरी पन्छिन खोजेको आरोप लगाएका छन् । उच्च शिक्षाको बाटो समेत अन्योलमा परेको भन्दै सहयोगका निम्ति उनीहरू समितिमा पुगेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro