site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा, माधव र म प्रधानमन्त्री बन्ने हल्ला प्रायोजित : उपेन्द्र यादव 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर प्रधानमन्त्री बन्ने भन्ने निधार हल्ला चलाइएको बताएका छन् । 

पार्टी विभाजनपछि बुधबार पत्रकार सम्मेलन गर्दै उपेन्द्र यादवले आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री हुने विषयमा छलफल नै नभएको दाबी गरे । “एक वर्ष उपेन्द्र यादव, एक वर्ष माधव नेपाल, दुई वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने भन्ने हल्ला जुन चलाइएको हो । त्यो प्रायोजित कपोलकल्पित हल्ला हो,” उनले भने, “त्यो भ्रममा कोही परेको भए मुक्त भए हुन्छ । कुराकानी नै भएको थिएन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकारबाहिर गएपछि कांग्रेससँग भेटघाट नै नभएको दाबी गरे । यादवले आफूहरूका कारण राजनीतिक स्थिरता नआउने दाबी समेत गरे । “हाम्रै कारणले राजनीतिक अस्थिरता आउँदैन,” यादवले भने, “पार्टीमा दुईतिहाइ बढी बहुमत हाम्रै छ । संसदीय दलमा बहुमत हाम्रै छ ।” 

उनले सरकारलाई समर्थन कायम रहेको बताउँदै बाँकी कोर्ष कसरी जान्छ भन्ने आफ्नो हातमा नरहेको बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement