site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा भारतको सहभागिता सरकारको निर्णयमा निर्भर 

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का उपाध्यक्ष राजीव शुक्लाले पाकिस्तानमा हुने आईसीसी च्याम्पियन्स ट्रफीमा भारतीय टिमको सहभागिता भारत सरकारको निर्णयमा निर्भर रहेको बताएका छन् ।

आउँदो वर्षको फेब्रुअरीदेखि मार्चसम्म सञ्चालन हुने तालिका रहेको च्याम्पियन्स ट्रफीमा भारतीय टिमको सहभागितालाई लिएर अन्योल भइरहँदा उपाध्यक्ष शुक्लाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

“च्याम्पियन्स ट्रफीको सन्दर्भमा हामी भारत सरकारले जे गर्न भन्छ, सोहीअनुरूप गर्नेछौँ,” उनले भने, “हामी भारत सरकारले अनुमति दिए मात्र टिम पाकिस्तानमा पठाउनेछौँ । हामी भारत सरकारको निर्णयानुसार चल्नेछौँ ।”

चर्को राजनीतिक तिक्तताका कारण भारतीय टिमले गत वर्ष भएको एसिया कपमा पनि पाकिस्तानको भ्रमण गरेको थिएन । भारतले सहभागिता जनाउन इन्कार गरेपछि पाकिस्तानले प्रतियोगितालाई ‘हाइब्रिड मोडल’मा लैजाँदै श्रीलंकासँग सहआयोजनाको सहकार्य गरेको थियो ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले भने सुरक्षाका कारण च्याम्पियन्स ट्रफीअन्तर्गत हुने भारतका खेलहरू लाहोरमा गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro