site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेमा जाने वामदेवको चाहना, भन्छन्– निर्णय पर्खेको आठ महिना भयो 

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले)मा जान निर्णय कुरिरहेको बताएका छन् । 

सोमबार वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उनले यसअघिको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हाइलेभलको बैठकबाट निर्णय दिने भने पनि निर्णय नदिएको बताए । “हाइलेभल कमिटीले निर्णय पर्खिरहेको सात– आठ महिना भइसक्यो,” उनले भने । 

Dabur Nepal
NIC Asia

गौतमले आफू ७५ वर्ष पुगेको बताउँदै जिम्मेवारी दिए पूरा गर्न सक्ने बताए । “मैले पार्टीले दिएको जिम्मेवारी अहिले पनि पूरा गर्न सक्छु,” गौतमले भने । 

उनले नेकपा विभाजनको बेलामा ओलीतिर नजाँदा घाटा भएको बताए । विभाजनको आरोप लाग्ने गरेको भन्दै गौतमले आफूले पार्टी विभाजन नगरेको दाबी गरे । उनले ०५४ सालमा पनि पार्टीले कारबाही गरेपछि मात्रै अर्को दल खोलेको सुनाए ।

मानिसबाट गल्ती कमजोरी हुने भन्दै आफूले त्यसको महसुस गरेको बताए । उनले ओलीको खुट्टा तान्नका लागि नभएर सहयोग गर्नका लागि एमालेमा आउने चाहना रहेको बताए । 

गौतमले पार्टी फुटाउने डर लागे आफ्नो पछाडि मानिस खटाउनू भन्दै कटाक्ष समेत गरे । उनले एमालेमा आउन ओलीले के गर्छन् भन्नेमा आफू पर्खने नीतिमा रहेको बताए । ओली सहभागी कार्यक्रममा उनले नेताहरूलाई भने, “के गर्नुहुन्छ हेर्दै जाऔँ । कमरेड केपी ओलीलाई छिटोभन्दा छिटो एमालेमा ल्याउ भन्नुहोला ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro