site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको वायु अझै ‘अस्वस्थकर’, सफा हुँदै भरतपुर र पोखरा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु अझै ‘अस्वस्थकर’ छ । वातावरण विभागको सूचकांकमा सोमबार बिहान ११ बजे भैँसेपाटी क्षेत्रको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १८६ मापन गरिएको छ । आइतबार २४ घण्टामा सो क्षेत्रमा औसत एक्यूआई १८६ सम्म पुगेको थियो ।

उपत्यकाका कीर्तिपुर, रत्नपार्क, शंखपार्कलगायत क्षेत्रको एक्यूआई १५० भन्दा माथि देखिएको छ ।

चितवनको भरतपुर र कास्कीको पोखरामा भने प्रदूषण कम भएको छ । एक साताअघिसम्म भरतपुर र पोखरा उच्च प्रदूषित थिए । सोमबार बिहान ११ बजे भरतपुरको एक्यूआई १३९ र पोखराको ११४ मापन गरिएको छ ।

काठमाडौंपछि राराताल आसपास क्षेत्र बढी प्रदूषित देखिएको छ । सोमबार बिहान सो क्षेत्रको एक्यूआई १६१ पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro