site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई ‘मनसरा’को एक लाख सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘मनसरा’को निर्माण टिमले क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई आर्थिक सहयोग गरेको छ । ‘मनसरा’को निर्माण पक्षले एक लाख रुपैयाँ सहयोग गरेको हो । 

निर्माण टिमले विभिन्न क्षेत्रमा कार्यरत छायामा परेका पात्रलाई प्रोत्सान गर्ने उद्देश्यले उक्त सहयोग गरेको हो । गत बुधबार आयोजित सिनेमाको प्रिमियर शोमा लामो समयदेखि सिनेमाको पर्दा पछाडि रहेर काम गरिरहेका दुई प्राविधिकलाई नगदसहित सम्मान गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच शनिबार सम्पन्न भएको पाँच खेलको सिरिजमा ‘मनसरा’ निर्माण टिमले सहकार्य गरेको थियो । सिनेमा र खेलकुदबीच सहकार्य तथा एकअर्काको प्रवर्द्धनको उद्देश्यले ‘मनसरा’ टिमले क्यानसँग सहकार्य गरेको थियो ।

आगामी दिनमा पनि मैदानमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भनेर आफूहरूले मैदानमा काम गर्ने कर्मचारीलाई सहयोग गरेको निर्माता शैलेन्द्रध्वज कार्कीले जानकारी दिए । आफूहरूको प्राथामिकतामा पर्दा पछाडिका मान्छे पर्ने भन्दै उनले उनीहरूलाई प्रोत्साहनको खाँचो रहेको बताए । 

Global Ime bank

कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको ‘मनसरा’ गत शुक्रबारदेखि प्रदर्शनरत छ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान मुख्य भूमिकामा छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement