site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपप्रधानमन्त्री श्रेष्ठ र जापानकी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामिकावाबीच भेटवार्ता भएको छ । 

नेपालको एकदिने सद्भावना भ्रमणका लागि आएकी जापानकी विदेशमन्त्री कामिकावाले आइतबार अपराह्न सिंहदरबारमा पुगेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरेकी हुन् । 

Dabur Nepal
NIC Asia

दुई पक्षीय सम्बन्धलाई अझ कसरी मजबुत बनाउँदै लैजाने भन्ने विषयमा छलफल गरिएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए । आर्थिक सहयोगात्मक सम्बन्धहरूलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा पनि आपसी छलफल भएको उनले बताए । उनीहरूबीच विश्वका विभिन्न परराष्ट्रसँग सम्बन्धित मामिलाबारे पनि छलफल भएको थियो ।

"हामीले जापानलाई पुरानो असल मित्र र हाम्रो अत्यन्तै ठूलो विकास साझेदारको रूपमा लिएका छौँ । त्यसकारणले हाम्रो सम्बन्धलाई दुई पक्षीय र यसको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ गरेर विस्तार गर्ने बारेमा सबै पक्षहरूमा अहिले छलफल भएको छ । यो औपचारिक सद्भावना भ्रमणमा कुनै सम्झौता वा कुनै एमओयूको एजेन्डा छैन । र हामीले हाम्रा बीचका दुई पक्षीय सम्बन्धहरूलाई अझ दह्रो कसरी बनाउने, मतबुत कसरी बनाउने ? हाम्रा बीचका आर्थिक सहयोगात्मक सम्बन्धलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा छलफल भएको छ," परराष्ट्रमन्त्री श्रेष्ठले भने । 

जापानकी विदेशमन्त्री कामिकावा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको एक दिन भ्रमणका क्रममा नेपाल आएकी हुन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro