site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ओपीडी र औषधि सेवा सहज बनाउन बिमा बोर्डको ताकेता 

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले ओपीडी र औषधि सेवा सहज बनाउन सेवाप्रदायक संस्थालाई ताकेता गरेको छ । बोर्डले एक महिनाअघि गरेका निर्णय कार्यान्वयन गर्न अस्पताल तथा स्वास्थ्य संस्थालाई पत्राचार गरेको हो ।

बिमामार्फत प्रदान गरिने औषधि वितरणका निम्ति छट्टै रिफिल काउन्टर सञ्चालन गर्न र ज्येष्ठ नागरिकका लागि मंगलबार जेरियाट्रिक क्लिनिक सञ्चालन गर्न निर्देशन दिइएको छ ।

बिमित र अरू बिरामीलाई एउटै लाइनमा राखेर सेवा दिन र बिमा कार्डमा क्यूआर कोर्डमार्फत विवरण राख्न पनि निर्देशन दिइएको छ ।

सबैखाले सरकारी, निजी र सामुदायिक अस्पतालहरूले शय्याअनुसार विशेषज्ञ ओपीडी सेवा प्रदान गर्न पनि बोर्डको निर्देशन छ । १०० शय्या भएका स्वास्थ्य संस्थाले सातामा एक दिन, २०० शय्या भएकाले दुई दिन र ३०० शय्यासम्मका अस्पतालले सातामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालमा ओपीडी सेवा दिनुपर्नेछ ।

बिमित बिरामीको हकमा सहज ओपीडी सेवाका निम्ति नजिकको अस्पतालमा रिफर गर्न पनि बोर्डले निर्देशन दिएको छ ।

b1-1714900119.jpgb2-1714900132.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro