site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल र मलेसियाका गृहमन्त्रीबीच संवाद, जीबी राईलाई नेपाल ल्याउन होला सहज ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन स्माइलबीच टेलिफोन संवाद भएको छ । चार दिनअघि लामिछाने र स्माइलबीच फोन संवाद भएको हो ।

सो अवसरमा रोजगारीका निम्ति मलेसियामा रहेका नेपालीको सुरक्षा र अन्तरदेशीय अपराध नियन्त्रण एवं रोकथामका विषयमा छलफल भएको थियो । स्माइलले लामिछानेसँग भएको संवादको विषय फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्, “मैले गृहमन्त्रीको शपथ लिएपछि नेपालका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पहिलोपटक अन्तरक्रिया गरेँ । आप्रवासी कामदार र सीमापार रोकथामलगायत विषयमा हाम्रो आपसी प्रतिबद्धता छ ।”

गृहमन्त्री लामिछानेका प्रेस संयोजक प्रमोद न्यौपानेले उनीहरूबीच सकारात्मक कुराकानी भएको बताए । “कुनै व्यक्तिविशेषभन्दा पनि मलेसियामा रहेका नेपाली कामदारको सुरक्षा र अन्तरदेशीय अपराधका विषयमा नै गृहमन्त्रीज्यूले छलफल गर्नुभएको हो । दुवै देशको राष्ट्रिय हितका बारेमा छलफल भएको छ ।”

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी र रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन प्रकरणका मुख्य आरोपित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको खुलेको थियो । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)मार्फत ‘रेड नोटिस’ जारी गरिँदा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फर्काउन अस्वीकार गर्दै आएको छ ।

जीबीलाई नेपाल फर्काइदिन सरकारले कूटनीतिक पत्र समेत पठाइसकेको छ । उनलाई अझै नेपाल फर्काउन भने सकिएको छैन । पछिल्लो समय दुई देशका गृहमन्त्रीबीचको संवादलाई महत्त्वका साथ हेरिएको छ । तर, जीबीका विषयमा सो अवसरमा छुट्टै कुनै कुराकानी नभएको प्रेस संयोजक न्यौपानको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro