देश

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)को निःशुल्क स्वास्थ्य शिविरबाट हुम्लाको सार्केगाड गाउँपालिकाका एक हजार ७०० भन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।
सांसद डा. सुनिलकुमार शर्माको नेतृत्वमा केएमसीको टोलीले सुदूरपश्चिम र कर्णाली प्रदेशको विभिन्न स्थानमा विशेषज्ञ चिकित्सकसहितको शिविर सञ्चालन गरेको थियो ।
स्वास्थ्य परीक्षण गरिएकामध्ये १४७ जना बिरामीलाई शल्यक्रियासहितको थप उपचारका निम्ति रिफर गरिएको छ । शिविर सोमबार सञ्चालन गरिएको थियो ।
रिफर गरिएको बिरामीहरूको काठमाडौं मेडिकल कलेजमा शल्यक्रियासहित उपचार सेवा निःशुल्क गरिने सांसद शर्माले बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१ १२:५४
प्रतिक्रिया दिनुहोस्