site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भिनिसियस चम्किँदा पहिलो लेगमा बायर्नलाई रोक्न सफल रियाल मड्रिड

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले यूईएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई उसैको मैदानमा २–२ को बराबरीमा रोकेको छ । 

मंगलबार राति एलियन्ज रंगशालामा भएको खेलमा पाहुना टोली रियाल मड्रिडका भिनिसियस जुनियरले नै दुई गोल गरे । बायर्नका लागि भने लोरे साने र ह्यारी केनले समान एक गोल गरेका थिए । 

खेलको २४औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेपछि रियालले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, ५३औँ मिनेटमा लोरे सानेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । त्यसको चार मिनेटपछि नै ह्यारी केनले पेनाल्टी सदुपयोग गर्दा बायर्नले २–१ को अग्रता बनाएको थियो । जमल मुसियालामाथि १८ यार्ड बक्समा रियालका लुकास भाजक्वेजले फाउल गर्दा बायर्नले पेनाल्टीको अवसर पाएको थियो । जसमा केनले कुनै कमजोरी गरेनन् । 

तर, खेलको निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई भिनिसियसले सदुपयोग गरेपछि रियाल पुनः २–२ को बराबरीमा फर्किएको हो ।

यी दुईबीचको दोस्रो लेग अब आगामी मे ९ मा रियालको मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro