राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीले जित्न नसके पनि सन्देश पाएको बताएका छन् ।
उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभियक्ति दिन आग्रह गरेका छन् । “जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ,” उनले सामाजिक सञ्जालमा भनेका छन् ।
इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याएका थिए । उनले निर्वाचित भएका नेकपा (एमाले) का सुहाङ नेम्वाङलाई बधाई पनि दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१ १२:२०
प्रतिक्रिया दिनुहोस्