site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तीनवटा संसदीय समितिको बैठक बस्दै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । 

मध्याह्न साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

साढे १२ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रमबारे छलफल हुने कार्यसूची रहेको छ । 

दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम÷ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुनेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय