site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शुक्रबारबाट बदली हुने, काठमाडौंमा कहिले हुन्छ वर्षा ?
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा अझै कम्तीमा तीन दिन वर्षाको सम्भावना छैन । नयाँ प्रणाली विकास नभएको र पुरानो प्रणालीले बदली गराउने सम्भावना नरहेकाले वर्षाको सम्भावना नरहेको मौसमविद् बताउँछन् । 

शुक्रबारबाट नयाँ प्रणाली विकास भएर पहाडी भू–भागमा बदली सुरु हुने मौसमविद् मीनकुमार अर्याल बताउँछन् । “शुक्रबारसम्म कुनै नयाँ प्रणाली विकास हुने देखिएको छैन । शुक्रबारदेखि देशका पहाडी भू–भागमा बदली हुन थाल्नेछ,” मौसमविद् अर्याल बाह्रखरीसँग भन्छन्, “त्यसपछि वर्षाको सम्भावना रहन्छ । यद्यपि, बदली हुनबित्तिकै वर्षा हुन्छ भन्ने होइन, वर्षाको सम्भावना बढ्छ भन्ने हो ।” 

काठमाडौंमा शुक्रबारसम्म वर्षाको सम्भावना नरहेको उनको भनाइ छ । शुक्रबारदेखि बदली सुरु हुने र वाग्मती प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेकाले काठमाडौंमा पनि पानी पर्नसक्ने उनी बताउँछन् । 

Dabur Nepal
NIC Asia

“जति धेरै नजिक भयो त्यति पूर्वानुमान मिल्छ । तीन दिनभन्दा धेरै समयको पूर्वानुमान नमिल्ने सम्भावना पनि हुन्छ,” मौसमविद् अर्याल भन्छन्, “अहिले स्थानीय वायु सक्रिय छ । यसमा चाँडै नयाँ प्रणाली विकास हुने भएकाले पनि लामो समयको पूर्वानुमान नमिल्न सक्छ ।” 

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

यसैबीच, आज लुम्बिनी, मधेस र कोसी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । त्यसैले उक्त क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोसी प्रदेशका केही स्थान र बाँकी भू–भागका  थोरै स्थानमा हावाहुरीको सम्भावना छ । 

विभागका अनुसार राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोसी प्रदेशका केही स्थान र बाँकी भू–भागका  थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले बताएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro