site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन जहाजमा देखिएका तीन फरक समस्या

काठमाडौं । तीन कम्पनीको वायुयानमा फरक किसिमका समस्या देखिएको छ । सोमबार बिहान बुद्ध एयर, सीता एयर र सिम्रिक एयरको वायुयानमा समस्या देखिएको हो । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार, तीन वायुयानमा देखिएको समस्या सामान्य रहेको बताए । “उडान सुरक्षामा कुनै पनि सम्झौता गर्न पाइँदैन । उडानको नियमित प्रसुडरअनुसारहरू हुन्,” प्रवक्ता झाले भने ।

सोमबार बिहान बुद्ध एयरको एटीआर ७२ जहाज (बीएचए १६१) मा प्राविधिक समस्या देखिएको छ । इन्डिकेटरमा प्राविधिक समस्या देखिएपछि बुद्ध एयरको बनारस उड्ने तयारी गरेको जहाज पुनः पार्किङ वेमा फर्काइएको हो ।

“अन्तिम निर्णय पाइलटको हातमा हुन्छ । उडान सुरक्षामा कुनै पनि सम्झौता गर्न पाइँदैन । इन्डिकेसनमा समस्या आए पनि उडान सुरक्षालाई ध्यान राखेर जहाज पार्किङस्थल फर्काएर इन्जिनियरहरूले चेकजाँच गरिरहेका छन्,” झाले भने ।

सीताको जहाजको हाइड्रोलिकमा समस्या देखिएको थियो । रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा हाइड्रोलिकमा समस्या देखिएपछि काठमाडौं पर्किएको थियो ।  सीता एयरको उडान नम्बर ९०६ जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण भएको विमानस्थलको प्रवक्ता सुवास झाले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि जहाजलाई ट्याक्टरले तानेर पार्किङस्थलमा लगिएको उनले जानकारी दिए । पार्किङस्थलमा लगिएपछि प्राविधिक टोलीले जहाजको समस्याबारे चेकजाँच सुरू गरेको छ । “इन्जिनियरले चेकजाँच गर्छन् । उनीहरूले टेक्निकल रिपोर्ट गरेपछि समस्याबारे थाहा हुन्छ,” उनले भने ।

यस्तै, इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण गरिएको थियो । ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro