site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बझाङमा जसपासहित ६ दलले ५० मत ल्याएनन् (कसको कति मत ?)
Sarbottam CementSarbottam Cement

काठमाडौं । बझाङ १ ‘क’ मा चुनाव लडेका ११ मध्ये ६ वटा दलले ५० मत पनि ल्याउन सकेका छैनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २६ हजार ७८५ सदर मत गणना भइसकेको छ । जसमा नेकपा (एमाले)का दमनबहादुर भण्डारीको अग्रता कायमै छ । भण्डारीले १० हजार १४९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले १० हजार १२४ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २५ छ ।

माओवादीका जनक बुढाले ३ हजार ६९५ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४२७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोर कुमार खड्काले २३६ मत प्राप्त गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यी दल जसले ५० मत ल्याएनन् 
५० मत नल्याउनेमा जनता समाजवादी पार्टी (जसपा)सहितका दल रहेका छन् । जसपाका उमेदवार रामबहादुर जाग्रीले ४१ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खगेन्द्रबहादुर शाहीले २४, जनमतका शुसिलादेवि विष्टले २५ मत पाएका छन् । 

संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका दीपबहादुर खड्काले २७ मत प्राप्त गरेका छन् । नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगरले २ मत ल्याउँदा राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले ३५ मत प्राप्त गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय