site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा सत्तापक्षको ‘झेली खेल’, पहिलो नम्बरमा राख्नुपर्ने ‘धन्यवाद प्रस्ताव’ पाँचौँ नम्बरमा 

काठमाडौं । सत्तारुढ दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठकमा ‘झेली खेल’ प्रस्तुत गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बदनाम गराउन उनीहरूले ‘झेली खेल’ खेलेका थिए । 

सरकारको नीति तथा कार्यक्रममा ‘धन्यवाद प्रस्ताव’लाई कार्यसूचीको पाँचौँ नम्बरमा राखेर नेपाली कांग्रेसलाई आफ्नो अडानबाट पछि हट्न बाध्य पार्न खोजिएको संसद् सचिवालय स्रोतको दाबी छ । 

नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको बैठकमा प्रस्तुत गरिन्छ । नीति तथा कार्यक्रम वाचन गर्ने कार्य राष्ट्रपतिबाट हुन्छ । उनले वाचन गरिसकेपछि संघीय संसद्को दुवै सदनको छुट्टाछुट्टै बैठक बसेर ‘धन्यवाद प्रस्ताव’ पारित गर्ने संसदीय अभ्यास छ । 

मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । राजनीतिक सकसबीच राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका थिए । तर, उनले सदनबाट धन्यवाद भने पाउन सकेनन् । यस्तो घटना संसदीय इतिहासमा विरलै भेटिन्छ । 

कांग्रेसले धन्यवाद प्रस्ताव टेबुल गर्न दिएन । टेबुल गर्नका लागि बोलाइएको बैठकमा कांग्रेसले अवरोध गर्‍यो । अवरोध भएको बैठकमा धन्यवाद प्रस्ताव मात्र कार्यसूचीमा थिएन । अन्य तीन विषयपश्चात् मात्र धन्यवाद प्रस्तावसहितको कार्यसूची तयार पारिएको थियो । 

Global Ime bank

विगतका वर्षहरूलाई हेर्दा नीति कार्यक्रमपश्चात् पहिलो नम्बरमा धन्यवाद प्रस्ताव पारित गर्न बैठक बोलाइन्थ्यो । अन्य विषय धन्यवाद प्रस्ताव पारित भएपश्चात् मात्र कार्यसूचीमा समावेश हुन्थे । तर, यसपटक धन्यवाद प्रस्तावलाई भने कार्यसूचीको पाँचौँ नम्बरमा राखिएको थियो । संघीय संसद् सचिवालयका एक उच्च अधिकारी जानाजान यसो गरिएको बताए ।

Samsad-aburadd_-1715770976.png
 

उनका अनुसार सत्तापक्ष र प्रमुख प्रतिपक्ष बीचको टसलका कारण कार्यसूचीमा नीति तथा कार्यक्रम टेबुल गर्ने र धन्यवाद प्रस्ताव पारित गर्ने कार्य पाँचौँ नम्बरमा राखिएको हो । “सत्ताले प्रतिपक्षलाई पेल्न खोजेको हो । कार्यसूचीबाट पनि कांग्रेसलाई कमजोर बनाउन सकिन्छ भनेर तयारी गरियो,” ती अधिकारीले भने । 

सदनको बजेट अधिवेशन चलेको पहिलो दिनको बैठकमा पेस गर्न नपाएका विषयहरू पनि कार्यसूचीमा समावेश गरेर ल्याइएको थियो । ती विषयअघि नीति तथा कार्यक्रम कार्यसूचीमा तल परेपछि प्रश्न उठेको हो । “कायसूचीमा धन्यवाद प्रस्ताव मात्र लैजानु पर्थ्यो, तर एकमुष्टै डालै ल्याएर राखे,” पूर्वसभामुख तारानाथ रानाभाटले भने, “नीति तथा कार्यक्रम प्रस्तुत गरेको धन्यवाद मात्र दिने हो । अरु कार्यसूची अघि बढाउन अर्को बैठक बोलाउनु पर्छ ।”

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र उनलाई छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ । उसले समिति नबनेसम्म सदन चल्न नदिने स्पष्ट पारिसकेको छ । सोही कारण संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि कांग्रेसले धन्यवाद प्रस्ताव पारित गर्न र नीति तथा कार्यक्रम सदनमा टेबुल गर्न दिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu