site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निरन्तर अघि लम्किरहेका सुहाङ, रास्वपा हजार मतनजिक

इलाम । मध्यरातमा प्राप्त जानकारीअनुसार चुलाचुली वडा नम्बर २ को मतगणना सम्पन्न भएको छ । यो सँगै इलाम क्षेत्र नम्बर २ अन्तर्गत पर्ने फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको २ वडाको मतगणना सम्पन्न भएको छ ।

१३ हजार ८७५ मत गणना हुँदा यहाँ सूर्य चुनाव चिह्नमा एमाले निरन्तर अघि लागिरहेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म एमाले उमेदवार सुहाङ नेम्वाङले पाँच हजार ७७२ मत पाएका छन् ।

उनलाई नेपाली कांग्रेस उमेदवारले निरन्तर पछ्याइरहेका छन् । कांग्रेस उमेदवार डम्बर खड्काले चार हजार ४५० मत पाएका छन् ।

यी दुई उमेदवार बीच एक हजार ३२२ मतको अन्तर छ ।

यो निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा पहिचान पक्षधरको उमेदवार छन् । मुडा चुनाव चिह्नमा स्वतन्त्र उमेदवार बनेका डकेन्द्रसिंह थेगिमले दुई हजार २९५ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपा उमेदवार मिलन लिम्बुले ९१४ मत पाएका छन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro