राजनीति
काठमाडौं । बझाङ १ ‘क’ मा नेकपा (एमाले)का उमेदवार दमनबहादुर भण्डारीको अग्रता कायमै छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाँच हजार ७१९ सदर मतमध्ये एमालेका भण्डारीले दुई हजार ८८ मत पाएका छन् ।
उनलाई माओवादी केन्द्रका जनकबहादुर बुढाले एक हजार ३७२ मतले पछ्याइरहेका छन् । भण्डारी बुढाभन्दा ७१६ मतले अघि छन् ।
त्यस्तै, नेपाली कांग्रेसले एक हजार २९१ मत प्राप्त गरेका छन् । उनीहरूबीच ८१ मतान्तर छ ।
नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ८६४ मत पाएका छन् ।
शनिबार भएको निर्वाचनको मतगणना जारी छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१ १८:५६
प्रतिक्रिया दिनुहोस्