site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिचानवादी थेगिमलाई आफ्नै वडामा कम मत, तेस्रो स्थानका निम्ति घण्टी प्रतिस्पर्धामा 

इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका १, २ र ३ नम्बर वडाको मतगणना सकिएको छ । प्रारम्भिक मतगणनाअनुसार नेपाली कांग्रेसका उमेदवारले ‘लिड’ गरिरहेका छन् । कांग्रेस उमेदवार डम्बरबहादुर खड्काले एक हजार ६५८ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा नेकपा (एमाले)का उमेदवार छन् । एमाले उमेदवार सुहाङ नेम्वाङले एक हजार ६३० मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर २८ छ ।

तेस्रो स्थानमा स्वतन्त्र उमेदवार (चुनाव चिह्न मुढा) डकेन्द्र थेगिम छन् । थेगिम फाकफोकथुम–३ निवासी हुन् । यहाँ एक हजार ३१४ मत खसेको थियो । त्यसमध्ये उनले ११७ मत मात्र प्राप्त गरे । तीन वडामा गरी उनले ४३० मत पाएका छन् ।

चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बू छन् । उनले ३०८ मत प्राप्त गरेका छन् ।

हालसम्म ४४ मत बदर भएको छ । चार हजार १५० मतगणना सकिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro