राजनीति
काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का उमेदवारको अग्रता कायमै छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, दुई हजार ७६३ सदरमध्ये एमालेका दमनबहादुर भण्डारीले एक हजार ३०३ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर ६४७ छ । भण्डारी झन्डै दोब्बर मतान्तरले अगाडि छन् ।
तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा छन् । उनले ४०१ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ३६९ मत पाएका छन् ।
यहाँ ११ उमेदवार प्रतिस्पर्धामा छन् । मतगणना जारी छ । उपनिर्वाचनअन्तर्गत शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान भएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१ १६:५५
प्रतिक्रिया दिनुहोस्