site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मल्लले माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर विकास मल्लले एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रमानुसार माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्ने भएका छन् ।

एएफसीसँगको सहकार्यमा माल्दिभ्स फुटबस संघ (एफएएम)ले आयोजना गर्ने कोर्समा भाग लिन मल्ल बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रिय टिममा गोलकिपर प्रशिक्षकको भूमिकामा रहेर चार वर्ष काम गरेका मल्लले यसअघि नेपालमै ‘बी’ लाइसेन्स कोर्स गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

माल्दिभ्सको राजधानी मालेमा कोर्स दुई चरणमा गरेर सम्पन्न हुनेछ । पहिलो चरणको कोर्स यही मे १२ देखि २३ सम्म हुनेछ । दोस्रो चरणको कोर्स आउँदो अगस्ट ४ देखि १५ सम्म हुनेछ ।

मल्लसँगै नेपाल पुलिस क्लबका पूर्वखेलाडी एवं अखिल नेपाल फुटबल संघ (एन्फा)का ग्रासरुट प्रशिक्षक पंकज शाही पनि कोर्स गर्न माल्दिभ्स गएका  छन् ।

Global Ime bank

नेपाली सेनाका सेनानी मल्लले सन् २००५ मा नेपाली राष्ट्रिय फुटबल टिमबाट ‘डेब्यु’ गरेका थिए । एन्फा एकेडेमीको पहिलो ब्याचका उत्पादन उनले २०१५ सम्म राष्ट्रिय टिमबाट २९ अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

सन् २०२१ मा माल्दिभ्समै भएको साफ च्याम्पियनसिपमा फाइनल पुग्दाका गोलकिपिङ प्रशिक्षक मल्ल त्यसको एक वर्षअघि नेपालमै भएको त्रिदेशीय कप जित्दा पनि टिममा त्यही भूमिकामा थिए ।

“सेनाकै कारण आज म यो अवस्थामा छु । नेपालको समग्र खेलकुदमै नेपाली सेनाको ठूलो योगदान छ । फुटबलमा पनि सेनाको योगदान अतुलनीय छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय