site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोशन चम्किँदा सोसल वेलफेयरको तेस्रो जित 

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा रोशन क्षेत्रीप्रेरित सोसल वेलफेयर स्पोर्ट्स सेन्टर क्लबले गोलबजार स्पोर्ट्स क्लबविरुद्ध २–१ को जित निकालेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा सोसल वेलफेयरको जितमा दुवै गोल रोशन क्षेत्रीले गरे । गोलबजारका ओमप्रकाश सिंहले गोल फर्काएका थिए ।

Dabur Nepal
NIC Asia

खेलको नवौँ मिनेटमा रोशनले गोल गरेपछि पहिलो हाफमा सोसलले १–० को अग्रता बनाएको थियो । तर, ६३औँ मिनेटमा ओमप्रकाशले गोल गरेपछि गोलबजार खेलमा फर्किएको थियो । ६८औँ मिनेटमा रोशनले दोस्रो गोल गरेपछि सोसल वेलफेयरले २–१ को जितसहित प्रतियोगितामा तीन अंक सुनिश्चित गरेको हो । जारी प्रतियोगितामा रोशनको यो छैटौँ गोल हो ।

प्रतियोगितामा सोसल वेलफेयरको यो तेस्रो जित हो । जितसँगै सात खेलबाट १२ अंक जोडेको सोसल तालिकाको पाँचौँ स्थानमा छ । यता, लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत गोलबजारले भने सात खेल खेल्दा पाँच अंक जोडेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro