site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इङ्ग्ल्यान्ड ‘सी’ विरुद्ध नेपाल २–० ले पराजित 

काठमाडौं ।  इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २–० ले पराजित भएको छ । 

सोमबार इङ्ग्ल्यान्डको अल्डरसट टाउन एफसीको ईबीबी रंगशालामा भएको खेलमा इङ्ग्ल्यान्ड ‘सी’लाई जित दिलाउन निक काबाम्बा र क्यालम स्टेडले गोल गरे ।

खेलको आठौँ मिनेटमा निक काबाम्बाको गोलमार्फत इङ्ग्ल्यान्डले अग्रता लिएको थियो ।

त्यसको पाँच मिनेटपछि नै नेपालका गोलकिपर किरणकुमार लिम्बुले कर्नरबाट आएको बललाई पन्च गर्दै क्लियर गर्ने प्रयास गर्दा स्टेडले जाली चुमाए ।

नेपालले यसअघि शुक्रबार ब्रिटिस आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीस्वरूप नेपाली टोली बेलायत पुगेको हो ।

नेपालले जेठ २४ गते घरेलु मैदान, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा युनाइटेड अरब इमिरेट्स (यूएई) को सामना गर्ने तालिका छ । यसपछि नेपालले जेठ २९ गते यमनविरुद्ध अन्तिम खेल खेल्नेछ । यमनविरुद्धको खेल उसैको मैदान अहमद बिन अली रंगशालामा हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro