site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
करको दर हेरफेर गर्नेले पब्लिक अडिटका लागि तयार हुनुपर्छ : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले करका दर हेरफेर निर्धारण गर्ने व्यक्तिले नैतिकतालाई आत्मसाथ गर्नुपर्ने बताएका छन् ।

सोमबार लोकान्तर सञ्चार प्रालिको आठौँ वार्षिकोत्सवमा आयोजना गरिएको आर्थिक बहसमा उनले लामो समय समस्याको वर्णन भएकाले अब काम गर्नुपर्ने बताए ।

Argakhachi Cement Island Ad

“करका दर हेरफेर गर्दा जिम्मेवारी पाएको व्यक्ति नै जिम्मेवार हुनुपर्छ,” उनले भने, “पब्लिक अडिट हुनुपर्छ है भन्ने कुरा हेक्कामा राख्नुपर्छ ।”

निजी क्षेत्रले पनि आत्मविश्वास बढाएर काम गर्नुपर्ने उनको भनाइ छ । अहिलेको सरकार नै स्थिर हुने भन्दै उनले निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न पनि सुझाव दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्